बीमा समितिले सुरु गर्यो बीमा कम्पनीहरुको स्थलगत निरीक्षण

Advertisement

काठमाडौं। बीमा समितिले बीमा कम्पनीहरुको निरीक्षण र स्थलगत सुपरीवेक्षण सुरु गरेको छ। समितिले पहिलो चरणमा एशियन लाइफ इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सुपरिवेक्षण सुरु गरेको हो।

समितिले चालु आर्थिक वर्षमा कम्तिमा एक पटक सम्पूर्ण बीमा कम्पनीहरुको स्थलगत सुपरीवेक्षण गर्ने योजना बनाएको छ ।

कम्तिमा एक पटक प्रत्यक्ष रुपमा बीमा कम्पनीहरुको सुपरीवेक्षण गर्ने र आवश्यकताअनुसार थप निरीक्षण गर्ने योजना रहेको समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इँले जानकारी दिए ।

समितिले निरीक्षण गर्दा कम्पनी ऐन, बीमा ऐन, बीमा नियमावली, बीमा समितिले जारी गरेका निर्देशनहरु, कम्पनीको प्रबन्धपत्र तथा विनियमावलीमा रहेका व्यवस्थाअनुसार काम भए नभएको हेर्नेछ ।

समितिले दाबी भुक्तानी, अण्डरराइटिङ, पुनर्बीमालगायत अन्य विषयमा पनि सुपरीवेक्षण गर्नेछ।

समितिले यसरी निरीक्षण गर्दा कर्मचारीको समूह बनाएर पठाउने गरेको छ। विहीबार समितिले दुई समुह गठन गरी एशियन लाइफ इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्सको निरिक्षणमा पठाएको छ।

यी समूहले १५ दिनसम्म कम्पनीको निरिक्षण तथा सुपरिवेक्षण गरी आफ्नो प्रतिवेदन बीमा समितिमा प्रस्तुत गर्नेछन्।

Advertisement

Advertisement

Advertisement