सौरहामा एलजीको डिलर्स समिट

Advertisement

काठमाडौं । यही भदौ १४ देखि १५ गते चितवनको सौरहामा एलजीको डिलर समिट सम्पन्न भएको छ । समिटमा लगभग १७० जना डिलरहरुको सहभागी रहेको एलजीको नेपालको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

समारोहमा विभिन्न विधामा लङटर्म एशोसियशन तथा वेष्ट पफमेन्स, वेष्ट मर्चान्डिसिङ र एक्सेलेन्स अवार्डमा डिलरहरुलाई पुरस्कारसहित सम्मान गरिएको थियो । साथै एलजीका विभिन्न नयाँ टेक्नोलोजीका सामानहरुको डिस्प्ले र भावी योजनाबारे छलफल गरिएको जनाइएको छ ।

कार्यक्रममा सिजी कर्पग्लोबलका प्रवन्ध निर्देशक निर्भाना चौधरी, सिजी इलेक्ट्रोनिक्सका भाइस प्रेसिडेन्ट एससी साबु सहभागी थिए ।

Advertisement

Advertisement