संसदमा काँग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्यो, लेनिनलाई विदेश जान रोक्नु गैरसंवैधानिक

Advertisement

काठमाडौं । संविधान उल्लंघन गरेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा सिंहले सरकारका मन्त्रीहरुले संविधान उल्लंघन गरेको भन्दै ओलीले राजीनामा दिनुपर्ने बताए । सिंहले संविधानले पासपोर्ट बनाएपछि निर्वाधरुपमा विदेश जान पाउने अधिकार ग्यारेन्टी गरेको छ भन्दै लेलिन विष्टलाई सरकारबाट अनुमति नलिएको भनेर एयरपोर्टमा रोक्नु गैरसंवैधानिक हो भने ।

खल्तीबाट पासपोर्ट निकालेर देखाउँदै उनले भने, ‘यो संविधानको ठाडो उल्लंघन हो। यो सरकारले राजीनामा गर्नुपर्छ। प्रधानमन्त्रीले राजीनामा माग्छु ।’ सिंहले संविधानभन्दा माथि कोही नभएको भन्दै संविधान उल्लंघन गर्नेलाई पदमा बस्ने अधिकार नभएको बताए ।

उनले सरकार दिनदिनै समृद्धिको सपना मात्रै बाँडिरहेको छ, न सुशासन दिन सकेको छ, न समृद्धि नै भन्दै जनतालाई ढाँट्ने काम बारम्बार प्रधानमन्त्री ओली र सरकारका मन्त्रीहरुले गरिरहेको बताए ।

राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले पनि लेनिन विष्टलाई विदेश जानबाट रोकिएको घट्नाको विषयमा संसदीय छानविन समितिको माग गरे । उनले घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement