माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रेकातर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा लुम्बिनी जनरल इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकका सबैकार्यालयहरुबाट सहज रूपमा लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा पोलिसि खरिद गर्न सक्नेछन् ।

हाल बैंकले ८६ वटा शाखा, दुई वटा एक्सटेन्सन काउन्टरसहित २७ शाखारहित बैंकिङ सेवा तथा ९९ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement