देउवाले अब काँग्रेसलाई पहिलो पार्टी बनाउने

Advertisement

तुलसीपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपसी अन्तरघातका कारण काङ्ग्रेसले चुनाव हारेको तर्क प्रस्तुत गरेका छन् ।

दाङको लमहीमा शनिबार क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेलामा उनले काङ्ग्रेसले चुनाव हारे पनि देश र संविधानले जितेको बताए । देउवाले भने, ‘‘हामीले प्राविधिकरुपले चुनाव हारेका छौँ तर देशले जितेको छ ।’’ ।

अब काङ्ग्रेसलाई अन्तरघात मुक्त पार्टी बनाएर देशकै पहिलो पार्टी बनाउने बताउँदै उनले पार्टीको नीति नियम नमान्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

देउवाले पार्टीलाई बलियो बनाउन गाउँस्तरबाटै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिदैं ‘‘पार्टीलाइ एकताबद्ध बनाएर लैजान हामी सबै केन्द्रीय नेताहरु लागेका छौँ, तपार्इंहरु पनि गाउँ तहमा एकताबद्ध हुनुहोस्’’, भने । उनले कार्यकर्तालाई गुट–उपगुटमा नलाग्न आग्रहसमेत गरे ।

Advertisement

Advertisement