सयको नयाँ नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयप्रति भारतीय विदेशमन्त्रीको आपत्ति

Advertisement

काठमाडौं । सय रुपियाँको नयाँ नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयप्रति भारतले आपत्ति जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले यस विषयमा नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एक सय रुपियाँको नोटमा अहिलेको नक्साको सट्टा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो । त्यसबारे भारतका पत्रकारहरुले विदेशमन्त्री जयशंकरसँग जिज्ञासा राखेका थिए । 

Advertisement

त्यसको जवाफ दिने क्रममा विदेशमन्त्री जयशंकरले भने, ‘हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन ।’

नेपालको सरकारको निर्णयबारे विस्तृत जानकारी आफूलाई नभएको बताउँदै भन्दै जयशंकरले सीमाबारे दुई देशबीच स्थापित संयन्त्रमा छलफल भइरहेका बेला नेपालले एकतर्फी निर्णय गरेको बताएका छन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भए पनि भारतले अतिक्रमण गर्दै सो भूमि आफ्नो भएको दावी गर्दै आएको छ । 

Advertisement

Advertisement