मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई नै सल्लाह दिए– संविधानअनुसार अधिकार दिनुपर्यो, हस्तक्षेप गर्न भएन

Advertisement

काठमाडौं । एक मुख्यमन्त्रीले संविधानअनुसार अधिकार दिन र हस्तक्षेप नगर्न प्रधानमन्त्री केपी ओलीलाई सल्लाह दिएका छन् । सोमबार रिपोर्टर्स क्लवमा कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले संविधान अनुसार नै प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई अधिकार दिनुपर्ने भन्दै भने, ‘संविधानले दिएको अधिकारलाई प्रधानमन्त्रीले हस्तक्षेप गर्नुहुँदैन् ।’

प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच दूरी बढेको समाचार आइरहेको बेला शाहीले ओलीलाई यस्तो सल्लाह दिएका हुन । यद्यपि उनले प्रधानमन्त्री ओली र प्रदेश सरकारका मुख्यमन्त्रीहरुबीच कुनै द्वन्द्व नरहेको जिकिर गर्न भने बाँकी राखेनन् ।

शाहीले कर्णाली प्रदेश कसरी बनाउन सकिन्छ ? भन्ने आफूलाई हुटहुटी रहेको भन्दै तर संविधान दिएको अधिकार आफूले प्रयोग गर्न नपाएको गुनासो गरे । अहिलेको समय भनेको आरोप र प्रत्यारोप लगाउने समय नभएको उनको भनाई थियो । संविधानको बर्खिलाप नजान उनले ओलीलाई सल्लाह पनि दिए ।

प्रदेशको विकास, शान्ति–सुरक्षा, विकास, स्वास्थ्य, शिक्षा, रोजगार सम्पूर्णको जिम्मेवारी प्रदेश सरकार र मुख्यमन्त्रीले नै लिनुपर्ने बताए । संविधान अनुसार नै प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई अधिकार दिनुपर्ने उनको भनाई छ । उनले भने,‘संविधानले दिएको अधिकारलाई प्रधानमन्त्रीले हस्तक्षेप गर्नुहुँदैन्।’

उनले भने, ‘दश वर्ष जनयुद्ध भयो । सात वर्षसम्म संविधानको बारेमा बहस भयो । अब पनि हामी साना–साना कुरामा अल्झिन थाल्यौं भने मुलुक बन्दैन् । विगतका सरकार र दुई तिहाईको सरकारको काममा कुनै फरक हुँदैन भने जनताले कसरी विश्वास गर्छन् ? त्यसैले हामीसँग भएको समय मुलुक निर्माणमा लगाउनुको विकल्प छैन् ।’

Advertisement

Advertisement

Advertisement