फर्निचर तथा फर्निसिङ एक्स्पो बिहीबारदेखि भृकुटीमण्डपमा

Advertisement

काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ को तयारी पुरा भएको आयोजकले जनाएको छ । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु हुने यस एक्स्पो पाँच दिनसम्म सञ्चालन हुने नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ ।

स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु सहभागी हुने एक्स्पोमा ख्यातिप्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्राण्डका फर्निचरहरुको प्रदर्शनी हुने भन्दै संघले अवसरमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु बिक्री गरिने जनाएको छ ।

यस प्रदर्शनीमा अवोलकनकर्ताहरुलाई लक्की ड्रमार्फत आर्कषक उपहार समेत वितरण गरिने जनाइएको छ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इन्टेरियर डिजाइनसम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आर्कषण हुने आयोजकको भनाई छ । विगत वर्षका एक्स्पोको तुलनामा यस पटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने संघको विज्ञप्तिमा उल्लेख छ ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने छन् । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष राजेश अग्रवालको भनाई छ । उनले नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आमउपभोक्तालाई आग्रह गर्दै नेपाल फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर हुने बाटोमा रहेको बताए ।

प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाई छ । यसबाहेक फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

Advertisement

Advertisement