सन नेपाल लाइफ इन्स्योरेन्सले रक्तदान कार्यक्रम गर्दै प्रथम वार्षिकोत्सव मनायो

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा कम्पनीका कर्मचारी र अभिकर्ताहरुगरी जम्मा ६९ जनाले रक्तदान गरेका थिए ।

कम्पनीले स्थापनाको एक वर्षको अवधिमा मुलुकभर २० वटा शाखा र २२ वटा उपशाखा कार्यालयहरुको स्थापना गरी सेवा दिंदै आएको छ । कम्पनीले देशको अधिकांश जिल्लाहरुमा अभिकर्ता तालिम र बीमालेख बिक्री तथा बीमा जनजागरण कार्यक्रम माध्यमबाट कारोबार विस्तार गर्न सफल भएको दाबी गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कारोवार शुरु गरेको ९ महिना भित्र २०७५ आषाढ मसान्तसम्ममा बैदेशिक रोजगार बीमा बाहेक बिभिन्न ११ प्रकारका बीमा योजनाहरुमा नौ हजार आठ सय २१ पोलिसीहरु बिक्री गरी कुल २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपियाँ प्रिमियम संलकन गरेको छ ।

भने यस कम्पनीले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी दुई अर्ब रुपियाँ पुर्याउन ६० करोड मुल्यकोे साधारण सेयर बिक्री गर्ने योजनामा रहेको छ ।

Advertisement

Advertisement

Advertisement