ठेकेदार सांसद विकास समितिमा रहेकोमा बैठकमा नै प्रश्न उठ्यो

Advertisement

काठमाडौं । विकास समितिको सदस्यमा ठेकेदार सांसद रहेको विषयलाई लिएर सांसदहरुले प्रश्न उठाएका छन्। मंगलबार आयोजित समितिको बैठकमा सांसद यज्ञराज सुनुवार र दुर्गा पौडेलले विषयगत समितिमा ठेकेदारलाई राखेको भन्दै कडा आलोचना गरेका हुन्।

प्रतिनिधिसभाको विकास समितिमा लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा, हिमदुङ एन्ड ठोकर कम्पनीका बहादुरसिंह लामा र पप्पु कन्स्ट्रक्सनका हरिनारायणप्रसाद रौनियार, सदस्य रहेका छन्।

समितिको बैठकमा ठेकेदारहरुले गरेको कामको विषयमा छलफल हुनुपर्ने भएकाले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने भन्दै समिति सदस्यहरुले विरोध गरेका हुन् ।

‘पप्पु कन्स्ट्रक्सनकै यत्रो कुरा उठेको छ। यस्तो अवस्थामा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुनसक्छ’ समिति सदस्य सुनुवारले भने, ‘त्यसैले यसमाथि प्रश्न गर्नुपरेको हो ।’

तीन ठेकेदारमध्ये रौनियार र लामा समिति बैठकमा अनुपस्थित थिए।

Advertisement

Advertisement

Advertisement