सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना सार्वजनिक

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना सार्वजनिक गरेको छ ।

यो योजना ग्राहकहरुका लागि १८ खालका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले कम्पनीमा प्रचलनमा ल्याएको बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको हो । न्युन बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु यसको  विशेषता  हो । यस्तो सुविधा १६ वर्षको उमेर देखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध पूर्ण सुरक्षा प्रदान गर्दछ ।

  यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने छ ।

Advertisement

Advertisement

Advertisement