३० वर्षपछि बच्चा जन्माउने महिलालाई स्तन क्यान्सरको खतरा बढी

Advertisement

एजेन्सी । स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वर्षेनी एक लाखमा २१।८ महिलामा स्तन क्यान्सर हुन्छ। तीमध्ये १० जनाको मृत्यु हुन्छ। महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत मृत्यु स्तन क्यान्सरले गराउँछ ।

स्तन क्यान्सर अमेरिका र यूरोपभन्दा एशिया एवं अफ्रिकामा कम देखा परे पनि यस सम्बन्धी जनचेतनाको कमी, गरीबी तथा महिला शिक्षाको कमीका कारण ढिलो गरी पहिचान हुन्छ। त्यो बेलासम्ममा स्तनको क्यान्सर हड्डी, फोक्सो, कलेजो, डिम्बाशय र स्नायु प्रणाली ९दिमाग० सम्म फैलिसक्छ र महिलाले ज्यान गुमाउछन् ।

५० वर्षभन्दा माथिका, आनुवंशिक खराबी भएका, ३० वर्षपछि विवाह गरेर आमा बनेका, १२ वर्ष अगाडि नै महीनावारी शुरू भएका, मोटोपना भएका, अधिक वा लामो समयदेखि इस्ट्रोजेन सेवन गरेका, अधिक धूम्रपान तथा मद्यपान गर्ने, बढी चिल्लो तथा बोसोयुक्त खाना खाने महिलामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ ।

स्तन क्यान्सरको कारण
स्तन क्यान्सर चालिस वर्ष भन्दा माथिका महिलाहरुलाई हुने संभावना बढी हुन्छ । तर, अहिले कम उमेरको महिलामा पनि स्तन क्यान्सरको जोखिम बढेको छ । विभिन्न कारणहरुमा सानै उमेरमा महिनावारी सुरु भएका र ढिलो उमेरसम्म हुनेलाई पनि स्तन क्यान्सर हुने सम्भावाना रहन्छ । स्तन क्यान्सर हर्मनमा निर्भर हुने भएकाले र महिनावारी हर्मनसँग सम्बन्धित भएका कारण लामो समयसम्म हर्मोनसँग एक्स्पोज हुँदा क्यान्सर हुने खतरा रहन्छ । यसैगरी बच्चा नभएका, पहिलो बच्चा ३० वर्षभन्दा पछि जन्माउनेहरुमा पनि जोखिममा हुन्छ ।
स्तनको सौन्दर्य गुम्ने चिन्ताले वा दूध नआएर र अरु कुनै बाध्यताले सन्तान भएपनि कतिपयले स्तनपान गराउँदैनन् । यो समूहका महिलालाई पनि स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । करिब १० प्रतिशतमा वशांणुगत कारणले स्तन क्यान्सर हुन्छ । यदि परिवारमा आमा वा दिदीबहिनीलाई छ भने उक्त परिवारका अन्य महिलालाई हुने सम्भावना बढी हुन्छ ।

यसैगरी हर्मनयुक्त औषधि खाने, परिवार नियोजनका औषधि लामो समय सेवन गर्ने, हर्मन रिप्लेसमेन्ट पिल ९एचआरटी० सेवन गर्नेलाई पनि स्तन क्यान्सर हुने खतरा अन्य महिलाको तुलनामा बढी हुन्छ । मोटोपन, धुमपान, मद्यपान पनि यसका कारक हुन् । साथै, विवाह नगरेका, बच्चा नजन्माएका, बच्चा पाएर स्तनपान नगराएका र पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिलामा पनि स्तन क्यान्सर जोखिम उच्च हुने चिकित्सकको भनाइ छ ।

स्तनमा गिर्खा हुनु, स्तनको आकारमा परिवर्तन, निपलबाट रगत वा पिप बग्नु, स्तनको छालामा सुन्तलाको बोक्रामा जस्तो स–साना प्वाल देखिनु, निपल भित्र धसिनु आदि स्तन क्यान्सरका लक्षण हुन्। यस्ता लक्षण देखिइसक्दा पनि दुखाइ भने प्रायः नहुने भएकाले स्तन क्यान्सरले धेरैलाई थाहा हुदैन । स्तन क्यान्सर बाट बच्न धूम्रपान नगर्ने, चिल्लो तथा बोसोयुक्त खाना कम खाने, तौल नियन्त्रणमा राख्ने र बच्चा पाएपछि स्तनपान गराउनुपर्छ। प्रांगारिक फलफूल, सागसब्जी र रेसादार खानाले सबैखाले रोगबाट बचाउँछ।

Advertisement

Advertisement

Advertisement