एनआइसी एसिया क्यापिटल र सुर्या लाइफ इन्स्योरेन्सबीच हकप्रद शेयर निष्काशनका लागि सम्झौता

Advertisement

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० बराबर ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ ।

यससम्वन्धी सम्झौतापत्रमा एनआइसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल र सुर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे । निष्काशन तथा बिक्री प्रबन्धकसँगैै एनआइसी एसिया क्यापिटल पुँजी बजारमा लगानीकर्ताहरुमाझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, निक्षेप सदस्य सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको जनाइको छ ।

Advertisement

Advertisement

Advertisement