बिर्तामोड र धरानमा मुक्तिनाथ विकास बैंकका शाखा विस्तार

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले झापा जिल्लाको बिर्तामोड र सुनसरी जिल्लाको धरानमा दुई शाखा कार्यालय विस्तार गरेको छ । बिर्तामोड शाखाको समुद्घाटन बिर्तामोड नगरपालिकाका मेयर धुर्व कुमार सिवाकोटी र धरान शाखाको समुद्घाटन सुनसरी जिल्ला उद्योग वाणिज्य संघकाअध्यक्ष राजेन्द्र शाह गरेका छन्।

बैंकले आफ्नो  ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, एटिएम कार्ड सेवा, एबिबिएस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ९५ वटा शाखा, १७ वटा ए.टि.एम. र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हालै बैंकले आकर्षक विशेषता सहितको नगद फिर्ता आवास कर्जा योजना सञ्चालनमा ल्याएको सूचना अधिकृत तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement