‘रुदीखोला–ए’ जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न, तिहार पछि उत्पादन सुरु हुने

Advertisement

कास्की । रुदी खोलामा निर्माणाधीन ८ दशमलव ८ मेगावाट क्षमताको रुदीखोला–ए जलविद्युत आयोजनाको निर्माण कार्य सकिएको छ। आयोजनाको निर्माण सकिएपछि ‘वेट टेस्टिङ’ थालिएको छ।

सिभिल, हाइड्रोमेकानिकल, इलोक्ट्रोमेकानिकल सम्बन्धित सम्पूर्ण कार्यहरु सकिएको कम्पनीले जानकारी गराएको छ । मुख्य संरचनाको काम सकेर पानी राखेर हेडबक्र्स, हेडरेस पाइप, पेनस्टकको वेट टेष्टिङ भइरहेको कम्पनीले जनाएको छ ।

परीक्षणको काम सकिएपछि तिहारपछि आयोजनाबाट व्यववसायिक विद्युत उत्पादन सुरु गर्ने कम्पनीको योजना छ ।
आयोजनाको पावरहाउस कास्कीको मिजुरेस्थित बालुवाबेसीमा रहेको छ।

३१ मार्च २०१६ बाट निर्माण सुरु भएको यो आयोजनाबाट १५ सेप्टेम्बर २०१७ मा विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको थियो। तर, विचमा भएको भूकम्प, नाकाबन्दी र बाढी पहिरोका कारण निर्माणमा केही समय ढिलाइ भएको आयोजनाले जनाएको छ। यस्तै गत असारमा आएको बाढीले क्षति पुर्‍याउँदा निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ।

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रालि प्रवर्द्धक रहेको आयोजना निर्माणका लागि सिभिलतर्फ हाई हिमालय हाइड्रो कन्सट्रक्सन प्रालि, हाइड्रोमेकानिकलमा नर्थ हाइड्रो एन्ड इन्जिनियरिङ र इलेक्ट्रोनिकमा टिपिएस इन्डिया प्रालिले काम गरेका थिए।

Advertisement

Advertisement

Advertisement