माछापुछ्रे बैंकका चार शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले तनहुँ र खोटाङ्मा ४ शाखा रहित बैंकिङ् सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्को रुपाकोट मझुवागढिनगरपालिका, खोटा खोटाङ्को च्यास्मीटार र धितुङ्मा उक्त सेवा संचालनमा ल्याएको हो । बैंकले तुरुन्त (रियल टाइममा) खाता खोल्न मिल्ने गरी उक्त ४ स्थानामा सेवा विस्तार गरेको हो । यो सहित बैंकको हालसम्म ३३ शाखा रहित बैंकिङ् सेवा सञ्चालनमा आइसकेका छन् ।

बैंकले उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

Advertisement

Advertisement

Advertisement