एनसीसीको ४० प्रतिशत हकप्रदमा आवेदन नपरेपछि ९९ लाख कित्ता लिलामीमा जाने

Advertisement

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले निष्काशन गरेको हकप्रद सेयरमा ६० प्रतिशतलाई मात्र आवेदन परेको छ । बाँकी ४० प्रतिशत लिलामीमा जाने भएको छ ।
एनसीसीले चुत्तापुँजी बढाउन निष्कासन गरेको २ अर्ब ३३ करोड ९५ लाख २९ रुपैयाँको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता मध्ये १ अर्ब ३५ करोड रुपैयाँलाई मात्र आवेदन परेको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

आस्वाबाट भरेको सेयरको विवरण आउन बाँकी भएकाले केही थप हुने संभावना रहेको क्यापिटलले जनाएको छ । पहिलो चरणमा न्युन आवेदन परेपछि १५ दिन म्याद थप गरिएको थियो ।

बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकलाई अझै ९९ करोड अपुग हुने देखिन्छ ।

 

Advertisement

Advertisement

Advertisement