सुनधारामा खुल्यो सिटीसी मोबाइल हब, दशैंमा ६० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । सुनधारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । ग्राहकहरुलाई पर्याप्त मात्रामा निःशुल्क पार्किङको सुविधासहित मोवाइलका पारखीहरुका लागि नयाँ गन्तव्यको रुपमा मोवाइल हब सञ्चालनमा ल्याइएको हो ।

मोवाइल सम्बन्धी सबै सेवा एकै छाना मुनी दिने लक्ष्यसहित दशैं अगाडि सञ्चालनमा ल्याइएको मोवाइल हबमा विशेष छुट सुविधा प्रदान गर्नेगरी मोबाइल मेलाको पनि आयोजना गरिएको छ । असोज ३१ गतेसम्म सञ्चालन हुने दशैं धमाकाका साथै अफरभित्र पनि अफर नामक मोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउनेछन ।

साथै, मेलामा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सकिन्छ । त्यसबाहेक हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए । मेलामा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टा पट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण गरिनेछ ।

मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांश ब्राण्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइल हब उचित गन्तव्य बन्ने आयोजकको भनाई छ ।

Advertisement

Advertisement

Advertisement