आइएमई लिमिटेडका ग्राहकले स्टार अस्पतालमा  १५ प्रतिशतसम्म छुट पाउने

Advertisement

काठमाडौं। आइएमई लिमिटेड र  स्टार अस्पतालबीच  स्वास्थ्य सेवामा छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले स्टार अस्पतालको सेवामा १५ प्रतिशतसम्म विशेष छुट पाउनु हुनेछ । यो छुट सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ ।

यो सेवा लिनको लागि सेवाग्राहीहरूले आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनु पर्नेछ ।

Advertisement

Advertisement