भाजपा महासचिवको निम्तो आएपछि प्रचण्ड फेरि भोलि दिल्ली जाँदै

Advertisement

काठमाडौं । गत महिना मात्रै भारत गएर फर्किएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि भोलि (शुक्रबार) भारत भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री केपी ओलीसँगको परामर्शपछि दाहाल दिल्ली जान लागेको सो पार्टीले जनाएको छ । इन्डिया फाउन्डेसनले आयोजना गर्ने ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ मा भाग लिन प्रचण्ड दिल्ली जान लागेको भनिए पनि उनको लगातारको दिल्ली दौड अर्थपूर्ण देखिन्छ ।

प्रचण्ड शुक्रबार बिहान दिल्ली गएर शुक्रबार नै बेलुका ८ फर्कने कार्यतालिका रहेको भन्दै नेकपाले भारतीय नेताहरुसँँग भेटघाट गर्ने कुनै कार्यक्रम नरहेको दावी गरेको छ ।

इन्डिया आइडिया कन्क्लेभ–२०१८ को आयोजक इन्डिया फाउन्डेसन रहेको यस संस्थाको अध्यक्ष भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का महासचिव राम माधव रहेका छन् । उनकै आग्रहमा प्रचण्ड हतार हतार दिल्ली जान लागेका हुन ।

Advertisement

Advertisement

Advertisement