गोरखापत्रका महाप्रवन्धक निकालिए, राष्ट्रपति भण्डारीको कतार भ्रमण स्वीकृत

Advertisement

काठमाडौं । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले गोरखापत्र दैनिकका महाप्रवन्धक वसन्त उपाध्यायलाई पदमुक्त गरेको छ । काँग्रेस नेतृत्वको सरकारको पालामा नियुक्त भएका उनलाई यसअघि हटाइए पनि सर्वोच्च अदालतले पुर्नवहाली गरेको थियो ।

तर पछिल्लो समयमा आर्थिक अनियमितता र आचरणको कारण देखाउँदै स्पष्टिकरण सोधेर पदमुक्त गरिएको हो । केही दिनअघि मात्रै कार्यकारी अधिकारसहित कृष्णमुरारी भण्डारीलाई गोरखापत्रमा नियुक्ति गरिएको थियो ।

साथै, मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबार हुने कतार भम्रण स्वीकृत गरेको छ । भण्डारी चार दिनका लागि कतार जान लागेकी हुन ।

त्यसैगरी बैठकले मलेसियासँग रोजगार सम्झौता गर्न श्रममन्त्री गोकर्ण विष्टलाई अख्तियारी दिने निर्णय समेत गरेको छ।

Advertisement

Advertisement

Advertisement