प्रधानमन्त्री ओली आज बिहानै अस्पताल भर्ना

Advertisement

काठमाडौं । केही दिनदेखि अस्वस्थ रहेका प्रधानमन्त्री केपी ओली सोमबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । अस्वस्थताकै कारण उनी आफ्नो पार्टीको चियापान कार्यक्रममा समेत सहभागी भएका थिएनन् ।

स्वास्थ्यमा थप समस्या देखिएपछि उनी बिहानै अस्पताल भर्ना भएको हुन । ओलीलाई शिक्षण अस्पतालभित्रको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement