चितवन राइनोजको पहिलो जित, धनगढी ब्लुज १२६ रनले पराजित

Advertisement

काठमाडौं । पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)मा बुधबार भएको खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई १२६ रनको फराकिलो अन्तरले पराजि गरेको छ । जारी लिगको अघिल्लो दुई खेलमा पराजय भोगेको चितवनको यो पहिलो जित हो ।

चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग ७० र दोस्रो खेलमा पोखरा पल्टनसँग पाँच विकेटले पराजित भएको थियो । जितसँगै चितवनले अर्को चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । धनगढी ब्लुजले भने यस अघिका दुई खेलमध्ये एकमा जित र एक मा हार व्याहोरेको थियो । आजको दोस्रो हारसँगै धनगढी लाई अर्को चरणमा प्रवेश गर्न कठिन हुने भएको छ ।

टस हारेर पहिला व्याटिङ गरेको चितवन राइनोजले १९३ रन बनाएपछि १९४ रनको लक्ष्य पछ्याएको धनगढीले १६ ओभर दुई बलको खेल सकिँदा ६७ रनमात्र बनाएर आफ्नो सबै व्याट्सम्यान गुमाउन पुगेको थियो । धनगढीका लागि व्याट्सम्यान पटिर ट्रिगोेले सर्वाधिक २७ रन बनाए । उनले २१ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा २७ रन बनाए । त्यस्तै योगेन्द्र सिंहकाकीले १७ रन बनाए भने अन्य व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । धनगढीका ओपनर दिलिपनाथ र डेनियल लरेन्स शुन्यमै आउट भएका थिए ।

धनगढीलाई सस्तैमा समेट्न चितवनका सन्नी पटेलले चार, भुवन कार्की सुमित पटेलले २–२ तथा करण केसी र शक्ति गौचनले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाइ १९३ रन बनाएको थियो। चितवनका लागि पहिलो विकेटका रुपमा ओपनिङ ब्याट्सम्यान हरिशंकर शाह र अनिकुमार शाहले १०१ रनको उच्च साझेदारी गरे। यो प्रतियोगिताकै सर्वाधिक ठूलो साझेदारी हो।
पहिलो विकेटका रुपमा अनिलकुमार शाह १०।४ ओभरमा दिपेन्द्रसिंह ऐरीको बलमा ३७ रन बनाउँदै दिलिप नाथबाट क्याच आउट भए। उनले ३४ बलमा १ चौंका र ३ छक्का प्रहार गरे। दोस्रो विकेटका रुपमा आउट हुनुअघि हरिशंकर शाहले सर्वाधिक ५३ रनको योगदान दिए। उनी ११।३ ओभरमा योगेन्द्रसिंह कार्कीको बलमा विकेटकिपर दिलिप नाथबाट क्याच भए। क्याच हुनुअघि योगेन्द्रले ३३ बलमा ६ चौंका र ३ छक्का प्रहार गरे। अन्य ब्याट्सम्यानमा सन्नी पटेलले नटआउट २६, सुमित पटेलले २४, पारस खड्काले १९ र करण केसीले नटआउट ११ रनको योगदान दिए।
धनगढी ब्लुजका लागि दिपेन्द्रसिंह ऐरी, डेनियल लरेन्स, योगेन्द्रसिंह कार्की र मन्जित श्रेष्ठले एक–एक विकेट लिए। चितवन राइनोजको कप्तान पारस खड्का र धनगढी ब्लुजको कप्तान दिपेन्द्रसिंह ऐरी हुन्

Advertisement

Advertisement

Advertisement