तामाकोशीको सेयर बाँडफाँडः प्रभावितले न्यूनतम ३० र अधिकतम १०३ कित्ता सेयर पाए

Advertisement

काठमाडौं। माथिल्लो तामाकोशीले प्रभावित क्षेत्रका लागि निष्काशन गरेको सेयर बुधबार बाँडफाँड गरेको छ। कम्पनीले आयोजना प्रभावितलाई ‘क’ ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरि शेयर बिक्री गरेको थियो। ‘क’ वर्गका शेयरधनीले सबै भन्दा धेरै १ सय ३ कित्तासम्म सेयर प्राप्त गरेका छन्।

‘क’ समूहकै शेयरधनीहरु मध्ये न्यूनतम ३० कित्ताको लागि आवदेन दिनेले ३० कित्ता र अधिकतम तीन सय कित्ताको लागि आवेदन दिनेले १ सय २ कित्ता सेयर प्राप्त गरेका छन्।

त्यस्तै ‘ख’ समूहका शेयरधनीले न्यूनतम १० देखि अधिकतम ४८ कित्तासम्म सेयर प्राप्त गरेका छन् । ‘ग’ का सेयरधनीले न्यूनतम ३० देखि अधिकतम ३४ कित्तासम्मसेयर प्राप्त गरेका छन् ।

तीन सय कित्ता आवेदन दिने क वर्गका एक हजार ५ सय ९८ जनाले एक कित्ता वढि शेयर प्राप्त गरेका छन् । कम्पनीले गत साउनमा एक करोड ५ लाख कित्ता प्राथमिक सेयर निष्काशन गरेकोमा तीन करोड ७७ लाख कित्ताको लागि आवदेन परेको थियो।

Advertisement

Advertisement

Advertisement