सिद्धार्थ बैंकको पहिलो त्रैमासमा ४३ दशमलव १० प्रतिशतले नाफा बढ्यो

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले चालु आव २०७५–७६को पहिलो त्रैमासमा खुद नाफा ५२ करोड ५० लाख ७५ हजार रुपियाँ कमाएको छ । बैंकले अघिल्लो वर्षको सोहि अवधिको नाफाभन्दा ४३ दशमलव १० प्रतिशतले नाफा बढाएको हो । बैंकले अघिल्लो वर्षमा ३६ करोड ६९ लाख १८ हजार रुपियाँ कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब २४ करोड १९ लाख ७४ हजार रुपैयाँ छ । यो गत वर्षको तुलनामा ६७।८७५ ले धरै हो । यस्तै, सञ्चालन नाफामा ४२।०९५ वृद्धि गरेर ७४ करोड ४२ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ५ अर्ब ६२ करोड ७७ लाख २९ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १।४०५ छ भने प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ भने १६६ रुपैयाँ ४९ पैसा छ ।

Advertisement

Advertisement

Advertisement