अनलाइन कारोबार प्रारम्भ हुने पूर्वसन्ध्यामा सेयर बजारमा उत्साहजनक सुधार

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सेयर कारोबारलाई मंगलबारबाट औपचारिकरुपमा अनलाइन प्रणालीमा लैजाने तयारी गरिरहेको बेला सोमबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ ।

लगातारजसो दोहोरो अंकले घट्दै आएको सेयर बजार परिसुचक नेप्से आज दोहोरो अंकले बढेको छ । नेप्से १२ दशमलव ३७ अंकले बढेर एक हजार २१९ अंक पार गरेको छ भने २४ करोड ४५ लाख रुपियाँको सेयर किनबेच भएको छ । जसमा सबैभन्दा धेरै कारोबार प्रभु बैंकको चार करोड १७ लाख छ ।

समूहगत कारोबारतर्फ सबै समूहका उपसुचकहरु उकालो लागेका छन् । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको उपसुचक एक दशमलव एक अंकले बढेको छ भने होटल समूहको उपसुचक दुई प्रतिशतभन्दा बढिले बढेको छ । जीवन, निर्जिवन र लघुवित्त समूहका उपसुचकहरु पनि एक प्रतिशतभन्दा बढिले उक्लिएका छन् ।

लामो प्रतिक्षापछि सुरु हुन लागेको अनलाइन सेयर कारोबारले सेयर लगानीकर्तादेखि अन्य सरोकारवालामा उत्साह थपेको छ । अनलाइन कारोबारले सेयर कारोबारलाई छिटो छरितो र पारदर्शी बनाउने छ ।

Advertisement

Advertisement

Advertisement