सडकमा जुवा खेल्ने जुवाडेबाट प्रहरीमाथि आक्रमण

Advertisement

दैलेख । दुल्लु नगरपालिका–७ कृति खम्बमा भइरहेको जुवा नियन्त्रण गर्न खटिएको प्रहरी टोलीमाथि आक्रमण हुँदा प्रहरीहरु घाइते एका छन् । शुक्रबार राति आक्रमण भएको उक्त आक्रमणबाट इलाका प्रहरी कार्यालय दुल्लुका इन्चार्ज प्रहरी निरीक्षक बजिरसिंह विष्ट र प्रहरी सहायक निरीक्षक सुजन खड्का घाइते भएका हुन् ।

घाइते भएका उनीहरुको दुल्लु अस्पतालमा उपचार भइसकेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आक्रमणबाट घाइते भएका प्रहरी निरीक्षक विष्टको टाउकोमा चार वटा टाका लगाइएको छ भने प्रशनी खड्काको टाउकोमा गहिरो चोट लागेको छ ।

प्रहरी निरीक्षक विष्टका अनुसार साँँझ करिब ७ बजे जुवाडेको समूहले सडकमै जुवा संचालन गरेपछि प्रहरीले रोक्न खोजेको थियो । प्रहरीले जुवा रेक्न खोजेपछि झडप भएको थियो ।

प्रहरीमाथि नै आक्रमण हुनथालेपछि चार राउण्ड हवाई फायर गर्नुपरेको उनले जानकारी दिए । आक्रमणमा करिब ४०–५० जनाको संख्या रहेको र उनीहरुलाई मुद्दा चलाउने तयारी भइरहेको विष्टको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement