नयाँ नोट साट्न अब दशैं पर्खनु नपर्ने, कहिले र कहाँबाट पाइन्छ ?

Advertisement

काठमाडौँ । नयाँ नोट साट्नको लागि दशैंनै कुर्नुपर्ने बाध्यता भएको र दशैंमा पनि नयाँ नोट नपाउने हो की ?  भन्ने चिन्ता हटेको छ। हालै प्राप्त जानकारी अनुसार नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ । यसअघि बडादशैँका बेला मात्र ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गदैँ आएको राष्ट्र बैंकले अब अन्य जातजाति तथा भाषाभाषीले मनाउने पर्वमा समेत नयाँ नोट सटही गर्ने भएको छ ।

देशका विभिन्न जातजाती र भाषा भाषीले मनाउने चाडवाड तथा राष्ट्रिय दिवसमा नोट सटही गर्न पाइनेछ । सबै जातजाति र चाडपर्वको सम्मान स्वरुप नयाँ नोटको व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट कहिले र कहाँ साट्न पाइने ?

नववर्ष, उभौली पर्व, बुद्धजयन्ती, गाईजात्रा, गौरापर्व, हरितालिका, संविधान दिवस, गणतन्त्र दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ, फाल्गुनन्द जयन्ती, गुरु नानकजयन्ती , उधौली पर्व, योमरी पुन्हि(ज्यापु दिवस), क्रिसमस, ल्होसार, माघी पर्व, महाशिवरात्रि, फाल्गुपूर्णिमा, घोडेजात्रा, इद आदि राष्ट्रिय चाडपर्व तथा राष्ट्रिय दिवसमा नयाँ नोट सटही गर्न सकिने छ ।

नयाँ नोट काठमाडौँको थापाथलीस्थित राष्ट्र बैंक कार्यालयका साथै उपत्यका बाहिरका राष्ट्र बैंकका विराटनगर, जनकपुर,वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीलगायत कार्यालयबाट समेत नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

यस अघि दशैमा मात्र नयाँ नोट दिने गरेको राष्ट्र बैंकमा नोट सटहीको लागि भिड लाग्ने गरेको छ । अन्य चाडवाडमा पनि नयाँ नोट साट्न पाइने भएपछि भीडभाड कम हुने विश्वास लिइएको छ ।

Advertisement

Advertisement

Advertisement