पूजाको पारिश्रमिक १५ लाख

Advertisement

काठमाडौँ । एउटा फिल्म राम्रो चलेपछि कलाकारको पारिश्रमिक छोइसक्नु हुँदैन । विश्व फिल्म बजारमा नै यो ट्रेन्ड स्थापित भइसकेको छ । नेपाली फिल्मका कलाकार यसबाट अछुतो रहने त कुरै भएन । कति हल्लै हल्लामा महँगा हुन्छन् त कति देखाउनका लागि भए पनि महँगो पारिश्रमिकको डंका फुक्छन् ।

विस्तारै यसको छाँया नेपाली फिल्ममा पनि पर्न थालेकोे छ । केही वर्ष अगाडिसम्म १/२ लाख पारिश्रमिकमा काम गर्ने नेपाली अभिनेत्रीहरु अहिले अभिनेतासरह पारिश्रमिक बुझ्न थालेका छन् । हालै अभिनेत्री पूजाले सम्हालिन्छ कहिले मन मा १५ लाख बुझिन् । नपत्याउलान् भनेर उनले एग्रिमेन्ट पेपर नै सार्वजनिक गरेकी थिइन् ।

डेढ महिनापछि छायांकन सुरु हुने फिल्ममा पूजाको अपोजिटमा दुई हिरो हुनेछन् । नव–नायक सोनम तोप्देन पक्का भएपनि अर्को नायकको खोजी भइरहेको छ । स्रोतका अनुसार, अहिले अभिनेता आर्यन सिग्देलसँग कुरा भइरहेको छ । यसअघि पूजा र आर्यनले सुदर्शन निर्देशित फिल्म 'मधुमास' मा काम गरेका थिए ।

पूजा लामो समयदेखि निर्देशक सुदर्शनको क्याम्पमा रहेर फिल्म गर्दै आइरहेकी छन् । अब दुईको सहकार्य बाहिरी ब्यानरमा पनि हुन थालेको छ । म्यूजिकल लभ स्टोरी ‘सम्हालिन्छ कहिले मन’ का लागि अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, सुगम पोखरेलले संगीत दिएका छन् ।

Advertisement

Advertisement

Advertisement