प्राइम बैंकको पहिलो त्रैमासमा ४५ प्रतिशतले नाफा बढ्यो

Advertisement

काठमाडौं ।   प्राइम बैंकले पनि चालु आव २०७५-७६ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले  पहिलो त्रैमासमा ४५ दशमलव ५० प्रतिशतले नाफा बढेर ५८ करोड १९ लाख २९ हजार रुपियाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको सोहि अवधिमा ३९ करोड ९९ लाख ३६ हजार रुपियाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

बैंकको  खुद ब्याज आम्दानी पनि ७० दशमलव १८ प्रतिशतले बढेर ९७ करोड २ लाख ८९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा बैंकले ५७ करोड १ लाख ५१ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

प्राइमको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ छ । यसले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्न राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाइसकेको छ । ओमको एक्विजिसनपछि चुक्ता पुँजी अझ विस्तार हुनेछ । जगेडा कोषमा ३ अर्ब ९७ करोड ६० लाख ४१ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९८ पैसा रहेको प्राइमको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४९ पैसा छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २९ पैसा थियो ।

 

Advertisement

Advertisement

Advertisement