होटलमा तास खेलिरहेको अवस्थामा ठूला व्यापारीहरुको समूह लाखौं रुपियाँसहित पक्राउ

Advertisement

काठमाडौं । प्रहरीले तास खेलिरहेको अवस्थामा व्यापारीहरुको एउटा समूहलाई होटलहरुबाट लाखौं रुपियाँसहित पक्राउ गरेको छ । उनीहरुलाई बत्तिसपुतलीस्थित मिराज लर्ड इन होटलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको हो ।

पक्राउ पर्नेमा अधिकांश मारवाडी समुदायका छन् । परिसरले चलाइरहेको जुवाविरुद्धको अप्रेशनका क्रममा बत्तिसपुतली र कमलपोखरीबाट समेत गरी १३ जना ठूला खालका व्यापारीहरु समातिएका हुन ।

प्रहरीले जुवाको खालबाट सात लाख ६० हजार १९० नेपाली रुपियाँ र भारतीय एक हजार आठ सय ८० रुपियाँ तथा तीन बुक तास पनि बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा देवकुमार अग्रवाल, मनोजकुमार तितवाल, मनिषकुमार नेमानी, रवि नेमानी, राजकुमार अग्रवाल, सुरेशकुमार एलन, गौरवकुमार अग्रवाल, विजय अग्रवाल, मनोजकुमार चितलांग, राजकुमार चौधरी, दिनेशकुमार अग्रवाल, जगदीश कुमार र विकासकुमार नेमानी रहेका छन् ।

त्यसैगरि प्रहरीले लाजिम्पाट निवासी ५३ वर्षीय राजु भट्टचनको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्टचनसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुबाट नगद एक लाख ३७ हजार ७२० रुपियाँ पनि बरामद गरेको छ ।

त्यसैगरी मित्रनगरस्थित गोरखा आरुघाटका कमल थापाको गुरुङ पोखरा गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा दार्चुला सल्ले शिखर नगरपालिका ९ का २३ वर्षीय सुरेश बिष्टसहित आठ जना पक्राउ परेका छन् । उनीहरुबाट ७९ हजार चार सय नगद बरामद गरिएको छ ।

Advertisement

Advertisement

Advertisement