प्रकाशलाई सम्झिँदै भक्कानिए आमा सीता र श्रीमती बिना, स्मृतिसभामा व्यवसायीहरु पनि सहभागी

Advertisement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको सम्झानामा सोमबार आयोजित स्मृतिसभामा आमा सीता र श्रीमती बिना मगरले आँसु थाम्न सकेनन् ।

प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यक्रममा प्रकाशको तस्विर हेर्दै सीता र बिना भक्कानिए । विना अहिले मन्त्री पनि छिन् । नेकपाका नेता कार्यकर्तादेखि कलाकार र व्यापारीसम्म सहभागी स्मृतिसभामा तत्कालिन विद्रोही माओवादीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि सहभागी भए ।

प्रकाशको गत बर्ष आजकै दिन मंसिर ३ गते लाजिम्पाटस्‍थित निवासमा निधन भएको थियो। उनको निधन भएको केही समयपछि आमा सीताले सो घरमा बस्न अनिच्छा गरेपछि प्रचण्ड अहिले खुमलटारस्थित एक निर्माण व्यवसायीको घरमा डेरा लिएर बस्दै आएका छन् ।

बिरामी भएर अस्पतालसमेत भर्ना भएपछि केही दिनदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका प्रधानमन्त्री केपी ओली आज भने प्रकाशको स्मृतिसभामा सहभागी भए । त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता प्रकाशशरण महत पनि देखा परेका थिए ।

prakash

prakash

Advertisement

Advertisement

Advertisement