जमिनमाथि व्यक्तिको स्वामित्व हुँदा समस्या भयो, राज्यको हुनुपर्छः अर्थमन्त्री

Advertisement

काठमाडौँ । जमिनको स्वामित्व सम्बन्धी विद्यमान व्यवस्थाले सबै क्षेत्रको लागत बढाएको र वित्तीय स्थायित्वमै समस्या भएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । नेपाल समाजशास्त्र संघको कार्यक्रममा बुधबार उनले जमिन निजी सम्पत्ति नभई भोगाधिकार मात्रै हुनुपर्ने बताए ।

‘जमिन राज्यको हुनुपथ्र्यो । निजी सम्पत्तिका रूपमा हुनुपर्छ भनेर संवैधानिक व्यवस्था गरिहाल्यौं,’ उनले भने, ‘जमिनमा कसैको स्वामित्व हुँदा सबै क्षेत्रको लागत बढ्यो । विकास निर्माण, वित्तीय स्थायित्वलगायत सबै क्षेत्रमा समस्यै समस्या भयो ।’

प्राकृतिक स्रोतहरू जल, जंगल र जमिन राज्यको हुनुपर्ने उनको धारणा छ । ‘यसबारे संविधान बनाउने बेलामै बहस हुनुपथ्र्यो, त्यो गर्न सकेनौं । विकास निर्माणका काममा राज्यले कति जमिन किन्ने ? कति मुआब्जा दिइरहने ?’ उनले भने, ‘आफ्नो जमिन नहुनेले अन्त कतै लगेर पशुपालन गर्छ भने उसलाई राज्यले अनुदान दिने कि नदिने ?’      आजको कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement