भृकुटीमण्डपमा आजदेखि 'विल्डिङ एण्ड कन्सट्रक्सन एक्स्पो २०७५' सुरु

Advertisement

काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा विल्डिङ एण्ड कन्सट्रक्सन एक्स्पो २०७५ सुरु भएको छ । कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टरको मुख्य आयोजनामा उक्त मेला आजदेखि सुरु भएर मंसिर नौं गतेसम्म (पाँच दिन) चल्ने भएको छ ।

सुरक्षित र दिगो भवन निर्माणका लागि आवश्यक सम्पूर्ण प्रविधिबारे जानकारी दिने मूल उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको यस मेलामा इन्जिनियर, आर्किटेक, डिजाइनर, निर्माण व्यवसायी, निर्माण सामाग्री उत्पादक, बिक्रेतालगायतका सबै सरोकारवालासँग प्रत्यक्ष भेटघाट पनि हुनेछ ।

यस मेलाको मुख्य प्रायोजक अर्घाखाँची सिमेन्ट, पेन्ट्स पार्टनर बर्जर र प्रायोजक क्षमादेवी विल्डिङ मटेरियल्स रहेको छ। मेलालाई निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले सहयोग गरेको छ। प्रदर्शनीमा ल्याण्ड एण्ड हाउजिङ्ग कम्पनी, पेन्ट्स, इन्टेरियर डिजाइनर, सिमेन्ट कम्पनि, फर्निचर एण्ड फर्निसिंग, स्टिल, ईट्टा तथा मार्बल, विधुतीय सामाग्री, बैंक तथा वित्तीय संस्था, बीमा, सौर्य उर्जालगायतकोबढि स्टल रहेका छन् ।

०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति गरेपछि नेपालमा भूकम्प प्रतिरोधि भवन निर्माणका लागि भवन निर्माण सम्बन्धि एक्स्पो पनि आयोजना गर्न सुरु गरिएको हो । एक्स्पोमा भूकम्प प्रतिरोधि भवन निर्माणका लागि आवश्यक सामग्रीहरु पनि राखिएको छ ।मेलामा दुई लाख भन्दा बढीले अवलोकन गर्ने लक्ष्य लिइएको छ।

Advertisement

Advertisement

Advertisement