सिद्धार्थ बैंकले  शेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले  शेयरधनीलाई लाभांश वितरण गर्ने  प्रस्ताव गरेको छ। शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई बोनस शेयरका साथै नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको ३०४ औं बैठकले १३ दशमलव १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयरका साथै ८ दशमलव १६ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement