खानेपानी र ऊर्जाका लागि एडीबीको १६ अर्ब ऋण

Advertisement

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले खानेपानी र ऊर्जाका कार्यक्रमका लागि १६ अर्ब ९२ करोड रुपियाँ ऋण दिने भएको छ। सो सम्वन्धी सम्झोतापत्रमा सोमबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको हो ।

पत्रमा अर्थसचिव राजन खनाल र एडीबीका मुख्तोर खामुदखानोभले हस्ताक्षर गरे । सहरी खानेपानी आपूर्ति तथा सरसफाई आयोजना र सासेक ऊर्जा प्रणाली विस्तार आयोजनाका लागि उक्त ऋण सहयोग गरिएको हो ।

देशभरका २० नगरपालिकामा समुदायमार्फत व्यवस्थित खानेपानी तथा सरसफाई कार्यक्रम अघि बढाउन एडीबीको ऋण उपयोग हुने अर्थ मन्त्रालयले जनाएको छ। यस्तै विद्युत प्रसारण क्षमता विस्तार तथा वितरण प्रणाली सुधारका लागि यो रकम खर्च हुनेछ ।

Advertisement

Advertisement

Advertisement