एनआइसीको नयाँ शाखा पोखराको बुढीबजारमा

Advertisement

काठमाडौ । एनआइसी एसिया बैंकले थप एक नयाँ शाखा कार्यालय पोखरा महानगरपालिकास्थित बुढीबजारमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका गण्डकी प्रदेश प्रमुख जयन्द्र रावलले गरेका हुन् ।

बैंकले मुलुकभर दुई सय ६८ शाखा कार्यालयहरु, दुई सय ७६ एटिएम, ३७ एक्सटेन्सन काउन्टर एवं १८ स्थानमा शाखारहित बैंकिङ इकाईमार्फत सुलभ, विश्वसनीय र अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार दुई खर्ब १२ अर्ब रुपियाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब एक खर्ब ६९ अर्ब रुपियाँ पुगेको छ । बैंकले करिब एक खर्ब ४४ अर्ब रुपियाँ कर्जा लगानी गरेको छ ।

Advertisement

Advertisement

Advertisement