चिसो मौसममा मेथीको साग खानुका फाईदै फाईदा

Advertisement

काठमाडौँ । हिउँदको मौसममा  शरीरलाई चिसो र अन्य संक्रमणबट बचाउन खानपानमा विशेष ध्यान दिनुपर्छ । यस्तो बेला खानामा प्रशस्त मात्रामा सागसब्जी खाँदा चिसोबाट बच्न सकिन्छ । साथै सब्जिमा पनि विशेष रुपमा मेथीको तरकारीले स्वास्थ्यलाई निकै फाईदा दिने गर्दछ ।

मेथीको दाना हामी नियमित रूपमा तरकारीमा प्रयोग गर्छौँ । मेथी फुराउँदा तरकारी स्वादिष्ट बन्ने मात्र नभई स्वास्थ्यका लागि समेत प्रभावकारी हुन्छ । भिजाएर  मेथी खाँदा विभिन्न रोग निर्मूल हुन्छ र यसले चिसोका साथै अन्य शारीरिक समस्याबाट पनि जोगाउँछ ।

मेथीको साग नियमित खाँदारक्तचाप नियन्त्रण हुन्छ । मेथीको सागमा प्रचुर मात्रामा एमिनो एसिड हुने भएकाले यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सक्छ ।

Advertisement

Advertisement

Advertisement