‘हेड टू हेड’ को दोस्रो चरणमा पराजीत भइन् श्रृंखला, टप ३० को सम्भावना कायमै

Advertisement

काठमाडौं । चीनमा जारी ‘मिस वल्र्ड २०१८’ मा नेपालकोतर्फबाट प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडा ‘हेड टू हेड’को दोस्रो चरणमा पराजित भएकी छिन् ।

श्रृंखला हेड टू हेडको पहिलो चरणमा विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेकी थिइन् । उनी चीनको सान्या सहरमा शनिबार भएको दोस्रो राउन्डको प्रतिस्पर्धामा सिंगापूरकी सुन्दरी भेनिसा पेहलसँग पराजित भएकी हुन् ।

तीन जना निर्णयकहरुका अगाडी डेढ मिनेटको भविष्य सम्बन्धी योजना सुनाउनुपर्ने प्रस्तुतीमा उनी र सिंगापुरकी सुन्दरीको प्रतिस्पर्धा भएको थियो । उक्त प्रस्तुतीका आधारमा तीनैजना निर्णायकले भेनिसालाई चयन गरेका थिए ।

श्रृंखलाले आफू छनोट हुन नसकेको प्रति आफ्ना सबै समर्थकहरुसँग माफि मागेकि छिन् । तर, अझै टप ३० जनाभित्र पर्ने अवसर र सम्भावना जिवितै रहेकोले आफू निराश भइनसकेको उनले बताइन् ।

दोस्रो चरणबाट बाहिरिएपछि श्रृंखलाले आफ्ना समर्थकहरुलाई एक भिडियो सन्देश पोष्ट गरेकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा उक्त सन्देश पोष्ट गरेकी हुन् । भिडियोमा भावुक हुँदै आफ्नो सन्देश पोष्ट गरेकि छिन् ।

आफूलाई पराजीत गर्ने सिंगापुरकी सुन्दरीलाई उनले बधाई दिएकी छिन् । साथै उनी आफ्नो मिल्ने साथी भएका कारण उनको बारेमा नकारात्मक टिप्पणी नगर्न सबैलाई अनुरोध पनि गरेकि छिन् ।

Advertisement

Advertisement

Advertisement