२५ केजी चरेससहित चार जना पक्राउ

Advertisement

काठमाडौं । बुटवलबाट २५ केजी चरेससहित चारजना पक्रउ परेका छन् । प्रदेश पाँच प्रहरी कार्यालय दाङबाट खटिएको टोलीर इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीशनिबार राती १० बजे बुटबल इँटाभट्टाबाट २५ केजी अवैध चरेससहित उनीहरुलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलले विशेष सुराकिको आधारमा चारै जनाको झोला खानतलासी गर्दा २५ केजी चरेस बरामद भएको हो ।

प्रहरीले जाजरकोट खलंगवा गाउँपालिकाका ४४ वर्षका तिलक पुनको साथबाट ६ केजी, जाजरकोटकै वारीकोट गाउँपालिकाका २८ वर्षका टोपेन्द्र बोहराका साथबाट ६ केजी, नल्गा गाउँपालिकाका २८ वर्षका प्रेम विकाका साथबाट ७ केजी र बुटवलका ४० वर्षका दिपेन्द्रका साथबाट ६ केजीगरी २५ केजी अवैध चरेस बरामद गरेको हो ।

उनीहरूले आधारआधा किलोग्रामका लाप्सा बनाई बाँडेर झोलामा राखेको अवस्थामा बरामद गरिएको प्रहरीले बताएको छ ।

Advertisement

Advertisement

Advertisement