भीभोले नयाँ फ्ल्यागशिप स्मार्टफोन 'नेक्स २' सार्वजनिक गर्ने, यस्ता छन् विशेषता

Advertisement

काठमाडौं । स्मार्टफोन मेकर कम्पनी भीभोले आगामी महिना नयाँ फ्ल्यागशिप स्मार्टफोन लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले जसलाई भीभो नेक्स २ को नाममा सार्वजनिक गर्ने  भएको छ ।
यो नयाँ फोनको बारेमा केहि रिपोर्टहरु आएका छन् । जसअनुसार कम्पनीले नेक्स २ मा दुईवटा स्क्रीन उपलब्ध गराउनेछ ।

वेबोमा आएको रिपोर्टअनुसार यसमा फ्रन्ट क्यामरा हुनेछैन र रियर क्यामराबाट नै सेल्फी लिन सकिनेछ । सेल्फी खिच्नका लागि फोनलाई फ्लिप गर्नुपर्ने हुन्छ । त्यसैगरि यसको सेकेण्ड स्क्रीनमा गोलो आकारको आरजीबी एलईडी हुनेछ जसलाई लुनार रिंग भनिएको छ ।

रिपोर्टकाअनुसार भीभोको यो स्मार्टफोनको फ्रन्ट प्यानलमा फुल स्क्रीन डिस्प्ले राखिनेछ । यसको अर्थ यसमा नोच वा बेजेल हुनेछैन् । त्यस्तै रियर प्यानलमा ट्रिपल क्यामराको तल अर्को डिस्प्ले हुनेछ ।

भीभोले ल्याउने नयाँ स्मार्टफोनको बारेमा धेरै जानकारी छैन तर पनि यसको डिजाइन यसअघि आएको नूबिया एक्स स्मार्टफोन जस्तै डिजाइनमा आउने छ ।

नुबिया एक्समा पनि फ्रन्ट क्यामरा छैन र रियर क्यामराको प्रयोगबार्ट नै सेल्फी लिन सकिन्छ । भीभो नेक्स २ फोनमा पनि यस्तै किसिमको कन्सेप्ट हुने अनुमान गरिएकोछ ।

Advertisement

Advertisement

Advertisement