माथिल्लो तामाकोशीको ठेकेदारलाई काम अघि बढाउन सात दिने अल्टिमेटम, नभए अर्कोलाई ठेक्का

Advertisement

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले माथिल्लो तामाकोशीको ठेकेदारलाई काम अघि बढाउन सात दिने अल्टिमेटम दिएका छन् । विद्युत प्राधिकरण र सम्वन्धित आयोजनाका अधिकारीलाई समेत छलफलमा बोलाइर मन्त्री पुनले काम अघि बढाउने खाका सात दिनभित्र पेश गर्न भनेका हुन् ।

छलफलमा परामर्शदाता कम्पनीका प्रतिनिधि टेक्सम्याको रेलवे इन्जिनियरिङलाई पनि राखिएको थियो । माथिल्लो तामाकोशीको काममा भएको ढिलाईप्रति असन्तुष्टि जनाउँदै उनले
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले ४५६ मेगावाट क्षमता भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम अघि बढाउने स्पष्ट खाकासहित ठेकेदार कम्पनीलाई प्रस्तुत गराउन प्राधिकरण र आयोजनाका अधिकारीलाई निर्देशन दिएका हुन् ।

आयोजनाको काममा ढिलाई भएकोले यसलाई गति दिन मन्त्री पुनबाट पहल अघि बढाइएको उनका सहयोगीले जनाए । पुनले भने, ‘अब समयमा सम्झौता हुंदैन । गुणस्तरमा पनि हामी सम्झौता गर्दैनौ । आयोजनाको काम कहाँ कसरी र कहिले सक्ने हो ? त्यसको स्पष्ट खाकासहित सात दिनभित्र जवाफसहित प्रस्तुत हुनुहोस् ।’

समयमा काम अघि नबढाए र खाका प्रस्तुत नगरे ठेक्का तोडेर भए पनि प्रक्रिया अघि बढाउने उनले चेतावनी दिए । पुन यसअघि आयोजनाको प्रगतीको वारेमा जानकारी लिन प्रधानमन्त्री केपी ओलीसहित दोलखा पुगेका थिए । टेक्सम्याको कम्पनीले काम छिटोभन्दा छिटो अघि बढाउने र समयसिमाभित्रै खाका बुझाउने प्रतिवद्धता जनाएको मन्त्रीका सहयोगीले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement