साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनको मूल्य

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ५८ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुन आइतबार पाँच सय रुपियाँले बढेर प्रतितोला ५९ हजार रुपियाँ पुगेको हो ।

नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रति १० ग्राम पचास हजार पाँच सय ८५ रुपियाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको बृद्धिका कारण आन्तरिक बजारमा पनि बृद्धि आएको हो । अन्तराष्ट्रिय बजारमा शुक्रबार प्रति औंस एक हजार दुई सय ३८ डलर भएको सुन आइतबार बढेर प्रति औंस एक हजार दुई सय ४९ डलर पुगेको छ ।

साताको पहिलो दिन आज (आइतबार) चाँदीको मूल्यमा भने सामान्य बृद्धि भएको छ । गत शुाक्रबार सात सय १५ रुपियाँ प्रतितोलामा स्थिर रहेको चाँदी आइतबार पाँच रुपियाँले बढेर सात सय २० रुपियाँ प्रति तोला पुगेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य छ सय १७ रुपियाँ ५० पैसा कायम भएको छ ।

Advertisement

Advertisement

Advertisement