नुवाकोटमा मिनीट्रक खस्दा १८ को मृत्यु (अपडेट)

Advertisement

काठमाडौं । नुवाकोटको ध्याङफेदि सिसिफु–१ मा शुक्रबार साँझ भएको मिनी ट्रक दुर्घटनामा मुत्यु हुनेको संख्या १८ रहेको छ । सो भन्दा बढि संख्यामा घाइते भएका छन् ।

तामाङ समुदायका मानिसहरु आफ्नो साँस्कृति पर्व मनाएर फर्किने क्रममा मिनीट्रक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार ध्याङफेदि सिसिफुबाट सिम्टाङतर्फ फर्किँदै गर्दा बा३ख ३९१३ नम्बरको सो मिनी ट्रक कच्ची सडकबाट खसेको थियो ।

गाडिमा ४५ जनाभन्दा बढि सवार रहेको र ठूलो संख्यामा हताहती भएको दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यको भनाई उदृत गर्दै सञ्चार माध्यमले समाचार प्रकाशित गरेका छन् । प्रहरी र स्थानीय उद्दारमा लागेका छन् ।

घटना थाहापाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा डीएसपी भीमलाल भट्टराईको टोली पनि दुर्घटनास्थल गएको छ । दुर्घटनामा घाइते भएका २० जनालाई उपचारका लागि पठाइएको छ ।

जाडोको मौसम, चिसो ठाउँ र राति भएकोले उद्दारमा कठिनाई भएको जनाइएको छ । सदरमुकाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित घ्याङडाँंडामा शुक्रवार बेलुकी खचाखच यात्रु भएको मिनीट्रक दुर्घटना हुंँदा तीन महिलासहित १८ को ज्यान गएको हो ।

दुर्घटनालगत्तै स्थानीयवासीले उद्धार गरेका थिए । दुर्घटनाको चार घण्टापछि मात्र सुरक्षाकर्मीको टोली पुगेको थियो । घाइतेहरुको उद्धार र शव संकलन गर्न पाँच घण्टा भन्दा बढी समय लाग्ने उद्धारकर्मीहरुले बताएका छन् । कच्ची र साँघुरो सडकमा क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement