पुस्तक पढ्दा आयु बढ्ने

Advertisement

एजेन्सी । आफ्नो आयु बढाउन चाहनुहुन्छ भने पुस्तक पढ्नुस्।  हालै गरिएको एक अनुसन्धानमा नियमित पुस्तक पढ्ने व्यक्ति नपढ्ने व्यक्तिभन्दा औसतमा दुई वर्ष बढी बाँच्ने देखिएको छ।

‘सोसल साइन्स एण्ड मेडिसिन’ जर्नलमा प्रकाशित रिपोर्टअनुसार एक व्यक्तिले हप्तामा कति घण्टा पुस्तक पढ्छ भन्ने कुरा उसको आयु लम्ब्याने कुरामा महत्वपूर्ण हुने गर्दछ।अनुसन्धानमा वैज्ञानिकहरुले ३ हजार ६ सय ३५ जना मानिसलाई तीन भागमा विभाजन गरेका थिए। जसमध्ये, पढ्दै नपढ्ने, हप्तामा साढे ३ घन्टा वा त्योभन्दा कम पढ्ने र हप्तामा साढे ३ घण्टाभन्दा बढी पढ्ने थिए।

यसलाई दीर्घायुका अन्य पक्षहरु जस्तै, लिंग, जाति, शिक्षा, सम्पत्ति, वैवाहिक स्थिति, डिप्रेसनजस्ता कुराहसँग समायोजन गरिएको थियो। निष्कर्षमा हप्तामा साढे ३ घण्टाभन्दा बढी पढ्ने मानिसहरुको मृत्युको सम्भावना अन्यभन्दा २३ प्रतिशतले कम रहेको पाइएको हो।
यसका साथै मानिसले जति धेरै पढ्यो, त्यति नै धेरै स्वास्थ्यलाभ प्राप्त गर्ने पनि अनुसन्धानले देखाएको छ

Advertisement

Advertisement

Advertisement