अमेरिकी धनाढ्य  एलनलाई पछि पार्दै फ्रान्सका अर्नाल्ट बने संसारकै धनी, को को छन् ‘टप टेनमा ?’

Advertisement

काठमाडौं । अमेरिकी धनाढ्यहरु एलन मस्कलाई पछि पार्दै फ्रान्सका बर्नाड अर्नल्ट विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । 

बर्नाड पहिलो धनी हुँदा टेस्ला र ट्विटर कम्पनीका मालिक एलन मस्कको सम्पत्तिमा पनि ठूलो अन्तर कायम भएको छ । अर्नल्ट श्रृंगारसम्वन्धी सामान उत्पादनका लागि बढी लोकप्रिय छन् । उनी लुइस भिटो मोएट हेनेसीका सीईओ हुन् । 

Advertisement

अर्नल्टको र मस्कको सम्पत्ति करिव ३६ विलियन डलरको अन्तर छ । जबकी मस्क यसअघि लामो समयसम्म पहिलो नम्बरका धनी व्यक्ति थिए । अर्नल्टको सम्पत्ति २३१.४ बिलियन डलर हुँदा मस्कको सम्पत्ति घटेर १९५.१ बिलियन डलरमा सीमित भएको छ । 

ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार सोमबार टेस्ला इन्कको शेयर ४०.४ प्रतिशतले झर्दा मस्कको सम्पत्ति एकैदिन २.३७ विलियन डलरले घटेको छ । 

विश्वका १० ठूला धनीहरुमा आठ जना अमेरिकी छन् भने एक जना फ्रान्स र एक जना इण्डियाका छन् । तेस्रोमा अमाजोनका मालिक जेफ बजोस छन् । उनको सम्पत्ति १९४ विलियन डलर रहेको छ । 

यी हुन् विश्वका १० धनी व्यक्ति
१. बर्नाड अर्नल्ट, फ्रान्स, फ्रान्स (एलभीएमएफ) १३१.४ विलियन डलर
२. एलन मस्क, अमेरिका (टेस्ला, स्पेस एक्स) १९४.१ विलियन डलर 
३. जेफ बेजोस, अमेरिका (अमाजोन) १९४ विलियन डलर
४. मार्क जुकरबर्ग, अमेरिका (फेसबुक) १७७.७ विलियन डलर
५. लरी एलिसन, अमेरिका (ओराकल) १३९.५ विलियन डलर
६. वारेन बफेट, अमेरिका (बक्सिर हाथवे) १३३.२ विलियन डलर 
७. बिल गेट्स, अमेरिका (माइक्रोसफ्ट) १२७.७ विलियन डलर
८. स्टेप ब्लमर, अमेरिका (माइक्रोसफ्ट) १२१.१ विलियन डलर 
९. मुकेश अम्बानी, इण्डिया (विविध) ११६ विलियन डलर
१०. ल्यारी पेज, अमेरिका (गुगल) ११३.७ विलियन डलर 

Advertisement

Advertisement