इटालीले प्रयोगशालामा उत्पादन हुने कृतिम मासुमा प्रतिवन्ध लगायो

Advertisement

काठमाडौं । इटालीले प्रयोगशालामा उत्पादन हुने कृतिम मासु उत्पादनमा प्रतिवन्ध लगाएको छ । यससँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिवन्ध लगाउने संसारको पहिलो देश बनेको छ । 

मासु जनावरको हत्याको सट्टा जनावरको कोषहरूको भिट्रो खेतीद्वारा उत्पादन गरिन्छ ।  इटालीको संसदले महिनौंसम्मको बहसपछि नयाँ कानून पारित गरेको हो । नियम उल्लङ्घन गरेमा ६० हजार युरो (६५ हजार ८ सय अमेरिकी डलर) सम्म जरिवाना लाग्नसक्छ । 

Advertisement

जर्मनी र स्पेन लगायत अन्य देशहरूले खेती गरिएको मासुको उत्पादन प्रक्रिया सुधार गर्न अनुसन्धानमा ठूलो लगानी गरिरहेका बेला इटालीले प्रतिवन्ध लगाएको हो । खेती गरिएको मासुलाई हर्मोन र एन्टिबायोटिकको प्रयोगको आवश्यकता पर्दैन । यसमा परम्परागत रूपमा पाइने मासुभन्दा कम खर्च हुन्छ । 

कृषिमन्त्री फ्रान्सेस्को लोलोब्रिगिडाको सामाजिक सञ्जाल पोस्टकाअनुसार यो कदमले इटालीको पाक परम्परा र कृषि क्षेत्रमा रोजगारीको रक्षा गर्ने उद्देश्य राखेको छ । सिन्ह्वा–नान

Advertisement

Advertisement