औद्योगिक व्यवसाय ऐन र 'फिटा'सम्बन्धी कानून संशोधनका लागि निजी क्षेत्रले दियो सुझाव

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले अर्थमन्त्री युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेटी औद्योगिक व्यवसाय ऐन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (फिटा) सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा निजी क्षेत्रका सुझाव समेट्न आग्रह गरेको छ ।

महासंघले तयार पारेको सुझाव एक कार्यक्रमबीच संयुक्तरूपमा पेश गरिएको हो । पेश गर्ने क्रममा महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यहरू किशोर प्रधान, उमेशलाल श्रेष्ठ र चन्द्र ढकाल, कार्यकारिणी समिति सदस्यहरु सहभागी थिए ।

भेटमा अर्थमन्त्री खतिवडाले निजी क्षेत्रले दिएका सुझावहरू आउने ऐनमा समावेश गर्ने विश्वास दिलाए । उनले ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको र कार्यान्वयन गर्न सकिने व्यवस्था मात्र कानुनमा समावेश गरिने बताए । मुलुकको अर्थतन्त्र सही दिशातर्फ गइरहेको पनि खतिवडाले जिकिर गरे ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवले मुलुकभित्र उद्योग व्यवसायको विकासका लागि सरकार हदैसम्मको सहयोग गर्न तयार रहेको बताए । स्वदेशी उद्योगलाई बलियो बनाउ“दै बाह्य लगानी आकर्षण गर्ने र औद्योगिक विकास गर्ने नीति सरकारको रहेकाले यसमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

यादवले कसरी र कुन उपायबाट मुलुकभित्र औद्योगिक विकास गर्न सकिन्छ ? त्यसमा निजी क्षेत्रस“ग आफू वारम्वार छलफल र सहयोग गर्न तयार रहेको पनि बताए ।

महासंघकी अध्यक्ष राणाले महासंघले निकै मेहनतका साथ सुझाव तयार गरी सरकारमा पेश गरेकाले यसलाई आगामी ऐनमा समावेश गर्न आग्रह गरिन । औद्योगिक विकासका लागि औद्योगिक व्यवसाय ऐन निकै महत्वपूर्ण ऐन भएकाले यसमा व्यवस्था गरिएका व्यवस्थालाई सरकारका अन्य ऐन कानुनले कटौती गर्न नहुने बताइन् ।

वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवसायिक लागत निकै धेरै भएकाले नेपालमा वाह्य लगानी र स्वदेशी लगानी समेत आकर्षित हुन नसकेको भन्दै व्यवसायिक लागत घटाउनेतर्फ सरकारको विशेष ध्यान जानुपर्ने बताए ।

उपाध्यक्ष किशोर कुमार प्रधानले २०७५–८५ लाई लगानी दशकको रूपमा घोषणा गरी यस अवधिमा मुलुकका लागि आवश्यक उद्योगको पहिचान गरी सोही अनुसार औद्योगिक विकासको रणनीति राज्यले अवलम्वन गर्नुपर्ने सुझाव दिए ।

उपाध्यक्ष उमेशलाल श्रेष्ठले डुईङ विजनेश इन्डेक्समा नेपालको अवस्थालाई सुधार गर्न सरकार सचेत हुनुपर्ने भन्दै निजी क्षेत्रले लगानीको उपयुक्त वातावरण खोजी रहेको बताए । उनले सरकारी अधिकृतको तजवीजि अधिकारलाई कटौती गर्नुपर्ने सुझाव दिए ।

उद्यमी सुमित केडीयाले नेपाली उद्योग व्यवसाय संसारका कुनै पनि उद्योग व्यवसाय भन्दा कम नरहेकाले सरकारले स्वदेशी उद्योगको विकास र प्रवद्र्धनका लागि नविनतम सोच र क्षेत्रगत उद्योग विकासमा विशेष रणनीति लिनु पर्ने र उद्योगी व्यवसायीस“ग निरन्तर सम्वादमा रहनुपर्ने बताए ।

महासंघको सुझावलाई निमित्त महानिर्देशक गोपाल तिवारीले पावरप्वाइन्टका माध्यमबाट प्रस्तुत गरेका थिए ।

Advertisement

Advertisement

Advertisement