आज पनि घट्यो सेयर बजार, बैंक ब्याजदरमा आएको कमीको प्रभाव नदेखिने संकेत

Advertisement

काठमाडौं । बैंकहरुले ब्याजदरमा कमी गर्दै एकल अंक प्रतिशतमा झारेपछि आइतबार उत्साहजनक ढंगले बढेको सेयर बजार पछिल्लो दुई दिन भने लगातार घटेको छ । सोमबार छ अंकले घटेको सेयर बजार परिसुचक आज मंगलबार पनि करिव सोही हाराहारीमा घटेको छ ।

बैंक ब्याजदरमा कमी आएसँगै सेयर बजारमा अब क्रसिमरुपमा सुधार आउने धेरै विश्लेषकहरुको अनुमान छ । सोमबार बजार घढ्न नसकेपछि कारोबार रकम पनि झण्डै आधै कमी आएको छ । सोमबार ७९ करोड रुपियाँको सेयर किनबेच भएकोमा आज ४२ करोड रुपियाँको मात्रै किनबेच भएको छ ।

पछिल्लो समयमा सेयर बजार सुधारका लागि भन्दै केही प्रयाससमेत भएको र वित्तीय क्षेत्रका कम्पनीहरुको वित्तीय विवरण पनि राम्रो रहेको अवस्थामा सेयर बजारमा सुधार आउनुपर्नेमा अझै गिरावट कायम रहनु आम लगानीकर्ताहरुको लागि चिन्ताको विषय बनेको छ ।

पछिल्लो समयमा सेयर बजारको सुधारका लागि भन्दै सुझाव दिन गठित कार्यदलले सरकारलाई सुझावहरु दिएको अवस्था छ । सेयर कारोकारमा अनलाइन प्रणाली लागू भएको अवस्था छ भने बैंकहरुको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा उत्साहजनक नाफा कमाएका छन् । नियामक निकायले भने ढुक्क भएर लगानी गर्न आग्रह गर्दा र बैकहरुले ब्याजदरमा कमी गर्दासमेत सेयर बजार लगातार घट्नु शुभसंकेत मानिएको छैन् ।

आजको कारोबारमा कुनै पनि समूहको उपसुचक बढेको देखिएन् । होटल र वित्त समूहको गिरावट दर बढि छ । यता कारोबार निकै घट्दा पनि नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर छ करोड रुपियाँभन्दा बढिको किनबेच भएको छ ।

Advertisement

Advertisement

Advertisement