फोहोर व्यवस्थापनमा बर्सेनी ५४ करोड खर्च

Advertisement

काठमाडौँ । काठमाडौं महानगरपालिकाअन्तर्गतको वातावरण विभागका अनुसार चालू आर्थिक वर्षमा महानगरले फोहोर व्यवस्थापनका लागि ५४ करोड १४ लाख रुपैयाँ छुट्याएको छ । सो रकम महानगरका बस्तीबाट फोहोर संकलन गर्न, महानगरपालिकाका सडक सफा गर्न, संकलन गरिएको फोहोर ल्यान्डफिल साइटसम्म विसर्जन गर्न, ल्यान्डफिल साइट जाने सडक अवरुद्ध भए मर्मत गर्न खर्च हुने विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

विभागअन्तर्गत ९५६ सफाइ मजदुर कार्यरत रहेको उनले जानकारी दिए । ती मजदुरको तलबभत्तासमेत फोहोर व्यवस्थापन शिर्षककै बजेटबाट गरिने र फोहोर संकलन तथा ढुवानीमा प्रयोग हुने ट्रकको सञ्चालन मर्मत खर्च सोही बजेटबाट खर्च गर्ने गरेको श्रेष्ठले जानकारी दिए । ‘हामी महानगरवासीलाई फोहोर फ्याकेबापतको शुल्क लगाउँदैनौँ,  महानगरकै बजेटबाट फोहोर व्यवस्थापन गर्दै आएका छौँ ,’ श्रेष्ठले भने ।

Advertisement

Advertisement

Advertisement